कपिलवस्तुका ७ सय ३०  परिवारले पाए लालपुर्जा

काठमाडौँ, २२ भदौ । नापि कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरि जम्मा ७३० स्ववासि परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ ।

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ७३० थान जग्गाधनी पुर्जा वितरण गरिएको हो।

पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ७३० परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्। यसअघि सोहि नगरपालिकाको वडा नं ५,६ र १० मा २४१६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो। सरकारले देशका विभिन्न ठाउँमा लालपुर्जा वितरण अभियानलाई तीव्र रुपमा अगाडी बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । नापि कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा  नं ७  का ३३८ र

काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसले रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गरेको छ । प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, २२ भदौ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत

काठमाडौँ, २२ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीको सन्दर्भमा सरकारले हिरोइजम