राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौँ, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

बाढीले पुर्‍याएको क्षति र पछिल्लो अवस्थाबारे बुझ्न राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा पुगेका हुन् । अवलोकनका क्रममा नुवाकोटको विदुरस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा उनले जिल्लाका सुरक्षा निकायका प्रमुखहरू र अन्य सरोकारवालासँग वर्तमान अवस्थाबारे जानकारी लिएका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य, राहत वितरणको अवस्था, होल्डिङ सेन्टरको सञ्चालन र पुनरुत्थानका लागि भइरहेका प्रयासहरूबारे बिफ्रिङ गरिएको थियो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोटको स्थलगत अवलोकन र जानकारी लिने कार्य सम्पन्न गरी राष्ट्रपति पौडेल रसुवातर्फ लागेका छन् । बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएपछि राष्ट्रपति पौडेलले स्थलगत रूपमै पुगेर चासो देखाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ भदौ । नापि कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभुमि वडा  नं ७  का ३३८ र

काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसले रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गरेको छ । प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, २२ भदौ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत

काठमाडौँ, २२ भदौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी बाढीको सन्दर्भमा सरकारले हिरोइजम