काठमाडौँ, १४ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ९ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेर ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





