विपद् व्यवस्थापनमा सरकारलाई सघाउन कांग्रेस प्रतिबद्ध छ : सभापति थापा

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टी तयार रहेको बताएका छन् ।

आज पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै सभापति थापाले संकटको समयमा सरकारले नै नेतृत्व गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर मद्दत गर्ने बताए । 

उनले भने, ‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्‍याउनु हो ।’

बैठकमा थापाले कांग्रेसका केन्द्रीय सदस्यहरू, सांसदहरू र देशभरका निर्वाचित जनप्रतिनिधिहरूलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरे । ‘पार्टीका विभिन्न समितिहरूबाट सङ्कलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा बुझाइनेछ,’ उनले भने, ‘राहत वितरणमा डुप्लिकेसन नहोस् भन्नका लागि यो कदम चालिएको हो ।’

विशेष गरी सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेकाहरूको उद्धारका लागि नेपालसँग पर्याप्त विज्ञता नभएको खण्डमा बाहिरबाट मद्दत लिन संकोच मान्न नहुने उनको धारणा थियो । यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग पनि कुरा गरिसकेको उनले जानकारी दिए । ‘हामीसँग भएको स्रोतले मात्र पुग्दैन भने बाहिरको मद्दत लिएर भए पनि नागरिकको ज्यान जोगाउनुपर्छ,’ थापाले भने । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ भदौ । नाइजरको राजधानी नियामेस्थित एक सैन्य अखडामा शनिबार सेनाको एक समूहले आफ्नै वरिष्ठ अधिकारीहरूविरुद्ध विद्रोह गर्दै गोलीबारी र शृङ्खलाबद्ध

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी

काठमाडाैँ, १२ भदौ । अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ।