नेपाललाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा

काठमाडाैँ, १२ भदौ । अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै आवश्यक सबै प्रकारका सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

राष्ट्रपति ट्रम्पले नेपाल सरकारसँग सम्पर्क गरी सहयोगको प्रस्ताव गरिएको बताए। उनले विनाशको प्रकृतिको चर्चा गर्दै भने, “हामीले नेपालमा फोन गरेर उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौँ । निकै शक्तिशाली र मजबुत भवनहरू पनि सलाईका काँटी झैँ पखालिएका छन् । यो एकदमै भयानक कुरा हो ।”

नेपालमा आएको भीषण बाढी र पहिरोका कारण हालसम्म करिब ४०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने झन्डै एक हजार मानिस अझै बेपत्ता छन्। विपद्का कारण ठूला र मजबुत भवनहरू समेत ध्वस्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर