ब्राउन सुगरसहित एक युवक पक्राउ

काठमाडौँ, १४ भदौ । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाको आधारमा गएराति चेकजाँचको क्रममा लागुऔषध र मोटरसाइकल सहित युवक पक्राउ परेका हुन् । 

सिराहा नगरपालिका वडा नम्बर १५ स्थित बुधौरामा भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश ०२–००१ प ००७० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक सिराहा, गोलबजार नगरपालिका वडा नं. ७ बस्ने २६ वर्षीय राकेश यादव पक्राउ परेका हुन् ।

समोटरसाइकलको भाइजर भित्र कालो प्लास्टिकमा लुकाई राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर ६ ग्राम १ सय ३० मिलिग्राम फेला परेको हो । पक्राउ परेका युवकलाई मोटरसाइकल सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । सिराहामा लागु औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ । चितवनमा

काठमाडौँ, १४ भदौ । गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ । प्रहरीका अनुसार शनिबार राति करिब १२ बजे स्थानीय

काठमाडौँ, १४ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको