भोटेकोशी बाढी अपडेट : ७३४ जनाको शव फेला

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ ।

चितवनमा २५९ जना, नवलपरासी पूर्व १८४ जना,नवलपरासी पश्चिम ८२ जना, गोरखा ५८ जना, नुवाकोट ५२ जना, धादिङ ५० जना, तनहुँ ३६ जना, रसुवा १३ जनाको शव फेला परेको हो ।

बाढीमा परी अझै २,४९८ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा विभिन्न सुरक्षा निकायका ८५ जना (सेना ४५, प्रहरी २७, सशस्त्र १३) समेत रहेका छन्। यस्तै, विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना कामदार सम्पर्कविहीन भएका छन् ।

 हालसम्म ८,१८६ जनाको जीवितै उद्धार गरिएको छ । उद्धारका लागि १९,८९५ सुरक्षाकर्मी परिचालित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको