भोटेकोशी बाढी अपडेट : ७३४ जनाको शव फेला

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म  ७३४ जनाको शव फेला परेको छ ।

चितवनमा २५९ जना, नवलपरासी पूर्व १८४ जना,नवलपरासी पश्चिम ८२ जना, गोरखा ५८ जना, नुवाकोट ५२ जना, धादिङ ५० जना, तनहुँ ३६ जना, रसुवा १३ जनाको शव फेला परेको हो ।

बाढीमा परी अझै २,४९८ जना सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा विभिन्न सुरक्षा निकायका ८५ जना (सेना ४५, प्रहरी २७, सशस्त्र १३) समेत रहेका छन्। यस्तै, विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना कामदार सम्पर्कविहीन भएका छन् ।

 हालसम्म ८,१८६ जनाको जीवितै उद्धार गरिएको छ । उद्धारका लागि १९,८९५ सुरक्षाकर्मी परिचालित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । यस्ता

चितवन, ७ कार्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा

काठमाडौँ, ६ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान