अमेरिकाद्वारा भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा नियन्त्रण

एजेन्सी, १४ भदौ । अमेरिकाले भेनेजुएलाको ६५ अर्ब ब्यारेलभन्दा बढी तेल भण्डारमा नियन्त्रण कायम गर्न एक सम्झौता गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो काम भेनेजुएलामा कार्यरत एक निजी कम्पनीसँग मिलेर गरिनेछ । यस साझेदारीबाट उत्पादन हुने तेलमा अमेरिकाले ५५ प्रतिशत हिस्सा पाउनेछ । तर, उक्त निजी कम्पनीको नाम भने अझै सार्वजनिक गरिएको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसलाई विश्वकै सबैभन्दा ठूलो सम्झौता भनेका छन् । भेनेजुएलाकी राष्ट्रपति डेल्सी रोड्रिग्जले पनि यसलाई ऐतिहासिक सम्झौताको संज्ञा दिएकी छन् ।

भेनेजुएलासँग ३०० अर्ब ब्यारेलभन्दा बढी ठूलो तेल भण्डार छ । यति ठूलो तेल भण्डार भए तापनि त्यहाँ उत्पादन भने निकै कम छ ।

राष्ट्रपति रोड्रिग्जका अनुसार, सम्झौता अन्तर्गत भेनेजुएलाका १७ वटा तेल क्षेत्रहरूलाई पुनः विकास गरिनेछ । यसमा १०० अर्ब डलरभन्दा बढी लगानी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ । 

काठमाडौँ, १३ असोज । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।  कतारको राजधानी दोहामा जारी बैंकको

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौँमा पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।