अमेरिकाद्वारा भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा नियन्त्रण

एजेन्सी, १४ भदौ । अमेरिकाले भेनेजुएलाको ६५ अर्ब ब्यारेलभन्दा बढी तेल भण्डारमा नियन्त्रण कायम गर्न एक सम्झौता गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार, यो काम भेनेजुएलामा कार्यरत एक निजी कम्पनीसँग मिलेर गरिनेछ । यस साझेदारीबाट उत्पादन हुने तेलमा अमेरिकाले ५५ प्रतिशत हिस्सा पाउनेछ । तर, उक्त निजी कम्पनीको नाम भने अझै सार्वजनिक गरिएको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसलाई विश्वकै सबैभन्दा ठूलो सम्झौता भनेका छन् । भेनेजुएलाकी राष्ट्रपति डेल्सी रोड्रिग्जले पनि यसलाई ऐतिहासिक सम्झौताको संज्ञा दिएकी छन् ।

भेनेजुएलासँग ३०० अर्ब ब्यारेलभन्दा बढी ठूलो तेल भण्डार छ । यति ठूलो तेल भण्डार भए तापनि त्यहाँ उत्पादन भने निकै कम छ ।

राष्ट्रपति रोड्रिग्जका अनुसार, सम्झौता अन्तर्गत भेनेजुएलाका १७ वटा तेल क्षेत्रहरूलाई पुनः विकास गरिनेछ । यसमा १०० अर्ब डलरभन्दा बढी लगानी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र