मदन भण्डारी सामान्य राजनीतिक नेता मात्रै नभई विचार निर्माण गर्ने नेता: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनीतिक नेता मात्रै नभई विचार निर्माण गर्ने नेताको रूपमा स्मरण गरेकी छिन् ।

काठमाडौँमा भएको ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना दिवङ्गत पति भण्डारीको प्रशंसा गरिन् । उनले मदन राजनीतिक आन्दोलनलाई सुदृढ सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक, विचारक र जनताको आकाङ्क्षालाई राजनैतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता पनि भएको चर्चा गरिन् । 

लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू अहिले पनि राष्ट्रिय बहसका प्रमुख विषय रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले मदनका विचारहरूको गम्भीर अध्ययन र समयानुकूल प्रयोग गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समयानुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ९ जेठ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट

मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराधको अभियोग संशोधन हुने भएपछि खुशी लागेको

काठमाडौँ, ९ जेठ । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा