४५ राउण्ड गोली र एसएलआरको म्याग्जिनसहित दुई जना पक्राउ

काठमाडौँ, ८ जेठ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज–१३ घर भइ हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका छन् ।

काठमाडौँ टोखा नगरपालिका–९ गोङ्गवु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate