बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ, ८ जेठ । हेटौँडा– काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, सिखरकटेरीमा शनिबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका निम्ति हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिने बस र चालक काभ्रेको चौँरीदेउराली गाउँपालिका–२ का ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र