चोरिको गरगहना र दुई करोड १० लाख नगद बरामद

काठमाडौँ, ८ जेठ । सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको हो ।

प्रहरीले हिरा, मोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा समेत गरेर दुई करोड १० लाख बढि मूल्य बराबरको सामान बरामद गरिएको जनाएको छ ।

भारतको दिल्लीको राजेन्द्रनगरका संजयकुमार माखीजाको घरमा फागुन १३ गते चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र