समान अवसर दिँदा मात्र कांग्रेसले गति लिन्छ: नेता कोइराला

पोखरा, ९ जेठ । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेतृत्वले कसैलाई पनि पाखा नलगाइ, वर्ग वा समूह नहेरी सबैलाई समान अवसर दिँदा मात्र पार्टीले गति लिने बताएका छन् ।

पोखरामा आयोजित पार्टीका नेता–कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताएका हुन् । उनले पार्टी भित्रका गुट उपगुटलाई चिर्दै एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘पार्टी एक नभएसम्म नेपाली कांग्रेसको मात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ । महाधिवेशन वा महत्त्वपूर्ण निर्णयहरू गर्दा सबै पक्षलाई समेटेर समिति गठन गर्नुपर्छ । सबैलाई समेटेर अघि बढ्ने नीति नै कांग्रेसलाई बलियो बनाउने बाटो हो । नेतृत्वले ध्यान दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक