परराष्ट्र मन्त्रालय र प्रतिष्ठानद्वारा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात

काठमाडौँ, २ जेठ । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात गरिएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले यस कार्यक्रमबारे जानकारी गराएका हुन् । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सम्बन्धलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण रहेका पाँच प्रमुख क्षेत्रहरूमा केन्द्रित रहेर यस कार्यक्रम अन्तर्गत नीतिगत अध्ययन अनुसन्धान गरिनेछ ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सम्बन्धमा रुचि राख्ने सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र विज्ञहरूको ज्ञान, अनुभव र ऊर्जालाई देशको नीति निर्माणको मूलधारसँग प्रत्यक्ष जोड्न यो ग्रीष्मकालीन इन्टर्नसिप २०२६ आव्हान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ जेठ । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको

काठमाडौँ, ३ जेठ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ

काठमाडौँ, ३ जेठ । पछिल्लो २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ३ जेठ । कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा