मुलुक निर्वाचित अधिनायकतिर अगाडि बढ्न खोज्दै छ : प्रदीप ज्ञवाली

काठमाडौँ, ३ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवाद तिर अगाडि बढ्न खोजेको टिप्पणी गरेका छन् ।

आज ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित विमर्श कार्यक्रममा उनले मुलुकको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडतर्फ गइरहेको भन्दै लोकतान्त्रिक र प्रगतिशील प्रतिपक्षको आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘अब देशको राष्ट्रिय राजनीति अफ्ठ्यारो मोडमा पुग्दै गरेको हामीले देखिरहेका छौँ । नयाँ सरकार बनेको ५० दिन हुन हुन लागेको छ । तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको छ । ट्रेड युनियन खारेज गर्ने प्रयत्न, स्ववियु खारेज गर्न खोज्ने प्रयत्न, अध्यादेशमार्फत शासन चलाउने दुष्प्रयास, सुकुमवासीमाथि डोजर आतंक, श्रमजीवी वर्गलाई दिइएका सामाजिक सुरक्षाका विषयलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरू संसद्, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरूको अवमूल्यनमार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब