उपाध्यक्ष पौडेलद्वारा कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन एमाले पङ्क्तिलाई आग्रह

काठमाडौँ, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना तर्फबाट भएका भूल–त्रुटि र गल्ती–कमजोरीहरू स्वीकार गर्दै जनतासमक्ष आत्मालोचक भएर प्रस्तुत हुन एमाले पङ्क्तिलाई आग्रह गरेका छन् ।

आज ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उपाध्यक्ष पौडेलले जनताको बहुदलीय जनवादको मर्मलाई ठीक ढङ्गले आत्मसात् गर्दै गुमेको जनताको विश्वास पुनः प्राप्त गर्न र नेकपा (एमाले) लाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिकामा पुनःस्थापित गर्न दृढ सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा ज्यादा अप्ठ्यारो मोड र रक्षात्मक अवस्थामा आइपुगेको छ । हामीले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जनताको बहुदलीय जनवादबाट ठीक ढङ्गले निर्देशित हुन सक्यौँ वा सकेनौँ भनेर वस्तुनिष्ठ समीक्षा गर्न विलम्ब भइसकेको छ,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३ जेठ । पश्चिम एसियामा जारी तनावबीच भारत सरकारले सुनपछि चाँदी आयातमा पनि थप कडा नीति अवलम्बन गरेको छ

एजेन्सी, ३ जेठ । इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ ।  जहाजहरूले अनुमति, दर्ता र

एजेन्सी, ३ जेठ । उत्तरी इटालीको मोडेना शहरमा एक व्यक्तिले आफ्नो कार पैदल यात्रीहरूको भीडमा लगेर ठक्कर दिँदा ८ जना घाइते भएका छन्

एजेन्सी, २ जेठ । चीनले ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह सफलतापूर्वक शुक्रबार अन्तरिक्षमा पठाएको छ । यो रकेट