नदीमा डुबेर एक बालकको मृत्यु

काठमाडौँ, ३ जेठ । कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा शुसिल बम बमको मृत्यु भएको हो ।

शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।

प्रहरीले डुबेकै स्थानबाट उद्दाुर गरेर उपचारका लागि धनगढीको निसर्ग अस्पताल पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका हुन् ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक

काठमाडौँ, ११ साउन । बजारमा पुदिनाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज पुदिनाको

काठमाडौँ, ११ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । जसअनुसार अमेरिकी