कामी रिता शेर्पा ३२औँपल्ट सगरमाथा शिखरमा

काठमाडौँ, ३ जेठ । विश्वविख्यात आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर सगरमाथाको ३२औँपटक सफल आरोहण गरेका छन् ।

आज बिहान १०:१२ बजे उनी सगरमाथाको शिखरमा पुगेका पर्यटन विभागले जनाएको छ । योसँगै कामी रिताले धेरैपटक सगरमाथा चढेको यसअघिको आफ्नै विश्व कीर्तिमान भंग गरेका छन् ।

“सोलुखुम्बु, थामेमा सन् १९७० जनवरी १७ मा जन्मिएका कामी रिताले आफ्नो अदम्य साहस, अनुभव र समर्पणमार्फत पुनः विश्वसामु गर्वका साथ नेपालको शिर उठाउन योगदान दिएका छन्,” विभागबाट सगरमाथा आधार शिविरमा खटिएका उपसचिव खिमलाल गौतमले भनेका छन् ।

यस दिन नेपालको पर्वतारोहण इतिहासमा दुई कीर्तिमान कायम भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्

काठमाडौँ, ३० भदौ । न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको