काठमाडौँ, ३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विश्वास नै राजनीतिक शक्रिको सबैभन्दा ठूलो शक्ति भएको बताएकी छन् ।
आज ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टी र जनताबीच दुरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुने बताइन ।
उनले भनिन्, ‘जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ,’ ‘राजनीति जनसेवा र समाज रुपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले क्रियाशील हुनैपर्दछ ।’
उनले मदन–आश्रितको स्मृतिको अवसरमा आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न प्रेरणा लिनुपर्ने बताइन् ।






