लागुऔषधसहित ४१ जना पक्राउ

काठमाडौँ, १३ बैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित एक जना किशोरलाई पक्राउ गरिएको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक, बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट र १६ हजार ५०० नगदसहित पक्राउ गरिएको छ ।

कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका–१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

विराटनगर महानगरपालिका–१५ बाट एक, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिाका–२ बिसौनीबाट एक, दाङको घोराही उपमहानगरपालिका–५ बाट शीतलपुरबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट चार जना, पोखरा महानगरपालिका–५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ राधापुरबाट एक जनालाई चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २५० थान नाइट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको छ ।

यसैगरी, इलामको सूर्योदय नगरपालिका–११ कालापानीबाट दुई, झापाको भद्रपुर नगरपालिका–५ बाट नौ, शिवसताक्षी नगरपालिका–१ बाट दुई, कञ्चनपुरको वेदकोट नगरपालिका–८ बाट दुई, भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट दुई, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ गोब्रैयाबाट दुई, सैनामैना नगरपालिका–५ बुद्धनगरबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ बैशाख । अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेको छ । गोली चलेपछि राष्ट्रपति डोनाल्ड

काठमाडौँ, १३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि अमेरिकी अधिकारी पाकिस्तान जाने योजनाबद्ध भ्रमण रद्द गरेका छन् । इरानको प्रतिनिधिमण्डल

एजेन्सी, १२ बैशाख । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा आज घरको छत खस्दा एउटै परिवारका ५ जनाको मृत्यु हुनुका साथै अन्य

एजेन्सी, १२ बैशाख । इरान–अमेरिकाबीच युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने भएको छ । पाकिस्तानको मध्यस्थतामा वार्ता हुन लागेको