इरान–अमेरिकाबीच दोस्रो चरणको शान्ति वार्ता हुने

एजेन्सी, १२ बैशाख । इरान–अमेरिकाबीच युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने भएको छ ।

पाकिस्तानको मध्यस्थतामा वार्ता हुन लागेको हो । वार्ताका लागि दुई देशका प्रतिनिधि पाकिस्तान जाँदैछन् ।

नवनियुक्त अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नर इरानसँगको शान्ति वार्ताका लागि आज बिहान पाकिस्तान पुग्दै हुनुहुन्छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यो वार्ता सफल भएमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि भ्रमणका लागि तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ । 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले पनि आफूसहित विदेश मन्त्री अब्बास अराघची पाकिस्तानमा दोस्रो चरणको छलफलका लागि तयार रहेको बताउनुभएको छ । अर्थपूर्ण वार्ता र इरानले प्रमाणित रूपमा परमाणु हतियार त्याग्नुपर्ने कुरामा अमेरिकाले जोड दिएको छ । 

अमेरिका र इजरायलले गएको फेब्रुअरी २८ तारिखमा इरानमाथि संयुक्त रुपमा आक्रमण शुरू गरेका थिए, जसको प्रतिक्रिया स्वरूप इरानले हर्मुज जलमार्ग भएर हुने इन्धन ढुवानीमा प्रतिबन्ध लगाएको छ । 

मध्यपूर्वको युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ता हुने निश्चित भएसँगै कच्चा तेलको भाउ घट्ने संकेत देखिएको छ । पहिलो चरणको वार्तामा कुनै प्रगति नभएपछि कच्चा तेलको भाउ बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्