पछिल्लो २४ घण्टामा दुई हजार ४ सयबढी सवारी चालक कारबाहीमा

काठमाडौँ, १३ बैशाख । पछिल्लो २४ घण्टामा दुई हजार चार सय ९२ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा रु पाँच लाख चार हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४१३ जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । पछिल्लो २४ घण्टामा दुई हजार चार सय ९२ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्

कैलाली, १३ बैशाख । कैलालीमा एक वृद्ध मृत फेला परेका छन् । शनिबार जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको

कपिलवस्तु, १३ बैशाख । पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हुलाकी सडकखण्डअन्तर्गत गएराति भएको सवारी दुर्घटनामा

काठमाडौँ, १३ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार