कर्णालीमा बेपत्ता बुवा–छोराको शव फेला

काठमाडौँ, ७ बैशाख । कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव फेला परेको छ ।

प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव फेला परेको हो ।

नीहरुको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै भेटिएको हो । बुवाको शव डुबेको स्थानदेखि पाँच सय मिटर तल र छोराको शव एक किलोमिटरको दूरीमा भेटिएको हो । दुवैजना ३ वैशाखमा कर्णालीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए ।

उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ बैशाख । रुसको तेल युरोप पुर्‍याउने क्षतिग्रस्त ड्रुज्बा पाइपलाइनको मर्मत भइसकेको युक्रेनले बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले

एजेन्सी, ९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने बताएका छन् । युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको

एजेन्सी, ८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका

एजेन्सी, ८ बैशाख । इरानी कार्गो जहाजलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ ।  चिनियाँ