अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

एजेन्सी, ८ बैशाख । इरानी कार्गो जहाजलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गर्नुभएको छ । हिजो चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको भन्दै यसप्रति सरोकारवाला पक्षलाई जिम्मेवार हुन आग्रह गर्नुभएको छ । 

सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सञ्चालन गर्न आवश्यक वातावरण बनाउनुपर्नेमा चीनले जोड दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । साथै चीनले सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । 

प्रवक्ता गुओले शान्तिको अवसर खुलेको यो समयको सदुपयोग गरी  युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । यसअघि अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले इरानी कार्गो जहाज नियन्त्रणमा लिएको बताएको थियो  । 

यसैबिच, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगहाइले अमेरिकासँग हुने भनिएको वार्ताको अर्को चरणबारे कुनै योजना नभएको बताउनुभएको छ । अमेरिकाले आफ्ना अनुभवहरूबाट पाठ नसिकेको र यसबाट कहिल्यै राम्रो नतिजा ननिस्कने उहाँको भनाइ छ । 

अमेरिकाले युद्धविराम लागू भएको पहिलो चरणमै यसको उल्लङ्घन गरेको र यसबारे आफूहरूले पाकिस्तानी मध्यस्थकर्तालाई सूचित गरिसकेको खबरमा उल्लेख छ । इरानमाथि नौसैनिक नाकाबन्दी लगाएर अमेरिकाले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको इरानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै