चुनावमा नराम्रो धक्का खायौं, यो चानेचुने धक्का होइन : विष्णु पौडेल

काठमाडौँ, ९ बैशाख । नेकपा एमालेका नेता विष्णु पौडेलले पार्टीले चुनावमा भोगेको पराजय ठूलो धक्का भएको बताएका छन् ।

आज नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको पराजय चानचुने धक्का नभएको बताएका हुन् ।

उनले भने, ‘यो बीचमा धक्का खायौँ । यो चानेचुने धक्का होइन । धक्काको अनुभवबाट शिक्षा लिएर हामी अघि बढ्न चाहन्छौँ,’ ‘निर्वाचनमा पराजय भएपछि औचित्य सकियो भनिएको छ । हामी पार्टी एकतालाई कायम राख्छौं । हामी हाम्रो यात्राको समीक्षा गर्नेछौं । औचित्य थप पुष्टि गर्न चाहन्छौं ।, ‘०७२ देखि ०८२ सम्म समीक्षा गर्दा- यही बीचमा झन्डै दुई तिहाइ प्राप्त गर्‍यौँ । तर आज यो पराजय धक्का किन खाइयो भन्ने बुझ्नुपर्नेछ । आफ्ना कमजोरी केछन् हामी समीक्षा गर्नेछौँ । बाह्य र पार्टीभित्रको कारण केछन् हामी समीक्षा गर्नेछौं,’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा