‘श्रम संसार‘ मा आबद्ध हुन मन्त्रालयको आग्रह

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई तीव्र पारेको छ ।

मन्त्रालय मातहत रहेका विभिन्न डिजिटल प्रणालीहरूलाई एकीकृत गर्दै अब ‘श्रम संसार’ मार्फत एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी भएको हो । 

यसै सन्दर्भमा मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखाले एक सूचना जारी गर्दै श्रम र रोजगारको क्षेत्रमा क्रियाशील सबै सरोकारवालाहरूलाई तत्काल यस प्रणालीमा आबद्ध हुन आह्वान गरेको छ। मन्त्रालयले निजी क्षेत्रका रोजगारदाता, रोजगार खोजिरहेका व्यक्तिहरू, जब एजेन्सीहरू तथा विभिन्न तालिम प्रदायक संस्थाहरूलाई अनिवार्य रूपमा ‘श्रम संसार’ मा दर्ता हुन निर्देशन दिएको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा खाना पकाउने एलपीजी ग्याँसको कुनै अभाव नरहेको स्पष्ट पार्नुभएको

काठमाडौँ, ११ साउन । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी जिम्मेवारी शेखर खनाललाई दिइएको छ । गृहमन्त्री सुधन गुरुङले

काठमाडौँ, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । आज

काठमाडौँ, ११ साउन । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा