जेसीबी र कार ठोक्किँदा ५ जना घाइते

काठमाडौँ, ५ बैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६, फारमस्थित पूर्व–पश्चिम राजमार्गमा जेसीबी र कार ठोक्किँदा एकै ५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज दिउँसो झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसीबीमा सोही दिशा हुँदै नारायणगढबाट बुटवलतर्फ गइरहेको बा१८च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा एकै परिवारका कारका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, छोरा तीन वर्षीय आयान, नौ महिनाका वेदाक्ष र आमा ५६ वर्षीया कमला ज्ञवाली घाइते भएका हुन् । मोटरसाइकललाई जोगाउन खोज्दा कार जेसीबीमा ठोक्किएको थियो ।

घाइतेहरूलाई उपचारका निम्ति नयाँ मेडिकल कलेज चितवन पठाइएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ बैशाख । रुसको तेल युरोप पुर्‍याउने क्षतिग्रस्त ड्रुज्बा पाइपलाइनको मर्मत भइसकेको युक्रेनले बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले

एजेन्सी, ९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने बताएका छन् । युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको

एजेन्सी, ८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका

एजेन्सी, ८ बैशाख । इरानी कार्गो जहाजलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ ।  चिनियाँ