सर्वोच्चद्वारा महान्यायाधिवक्ता डा. कडेलको पक्षमा निर्णय

काठमाडौँ, ३ बैशाख । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामा प्रश्न उठाउँदै पेस भएको रिटमा प्रशासनिक आदेशबाट भएको दरपीठको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । 

सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले बिहीबार (चैत ३) रिट दर्ता अस्वीकार गर्ने गरी यसअघि रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपीठ आदेश सदर गर्ने निर्णय गरेको हो । दरपीठ आदेशविरुद्ध अधिवक्ता माधव बस्नेतले गत चैत ३० गते भिन्नै निवेदन दिएका थिए ।

बस्नेतले दरपीठ आदेशलाई ‘बेरित’को दाबी गर्दै बदर गर्न माग गरेका थिए । अधिवक्ता बस्नेतले महान्यायाधिवक्ता डा. कंडेलको कानुन व्यवसायीका रूपमा निरन्तरताको योग्यता नपुग्ने दाबी गर्दै ‘अधिकारपृच्छा’ आदेशमार्फत पदमुक्त गर्न माग गरेका थिए । 

संविधानतः सर्वोच्च अदालतका न्यायाधीशसरह रहने महान्यायाधिवक्ता पदका लागि कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने सर्त तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट प्रहरीले ५०० दरका २८ वटा नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, ४ बैशाख । बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज दिउँसो

काठमाडौँ, ४ बैशाख । काठमाडौँको वायु प्रदूषण फेरि ‘अस्वस्थकर’ तहमा पुगेको छ । आज बिहान ११ बजेको मापनमा काठमाडौँको वायुको गुणस्तर

काठमाडौँ, ४ बैशाख । रोल्पामा लडेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती बस्ने बालाराम