नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौँ, ४ बैशाख । आज नेप्से झिनो अंकले बढेको छ ।

आज बजार ५.३६ अंकले बढेर नेप्से परिसूचक २८८३.४० विन्दुमा बन्द भएको छ । 

कारोबार रकमका आधारमा भने बजार घटेको छ । बिहीबार नौ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएकामा आज सात अर्ब ४६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । 

समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, ‘अन्य’ र व्यापार समूहको सूचक बढेको छ । बाँकीको घटेको छ । सबैभन्दा धेरै उत्पादन समूहको १६२.१६ अंकले घटेको छ । सर्वाधिक निर्जीवन बिमाको ५७.८८ अंकले घटेको हो । 

आज ३३५ कम्पनीको सेयर कारोबार हुँदा १०८ कम्पनीको मूल्य बढ्यो, १५० को घट्यो भने १२ वटाको स्थिर रह्यो । रकम र सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावरको ६६ करोड ८६ लाखबराबरको २१ लाखभन्दा बढी कित्ता किनबेच भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलबाट प्रहरीले ५०० दरका २८ वटा नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, ४ बैशाख । बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज दिउँसो

काठमाडौँ, ४ बैशाख । काठमाडौँको वायु प्रदूषण फेरि ‘अस्वस्थकर’ तहमा पुगेको छ । आज बिहान ११ बजेको मापनमा काठमाडौँको वायुको गुणस्तर

काठमाडौँ, ४ बैशाख । रोल्पामा लडेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती बस्ने बालाराम