सामाजिक सञ्जालमार्फतबाट औषधि सिफारिस गर्ने डाक्टरलाई कारबाही हुने

काठमाडौँ, ४ बैशाख । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सामाजिक सञ्जालमार्फत जथाभावी चिकित्सा परामर्श र औषधि सिफारिस गर्ने चिकित्सकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

काउन्सिलले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै बिरामीको प्रत्यक्ष परीक्षण नगरी औषधि सुझाउने तथा बिरामीको गोपनीयता भंग गर्ने कार्य तत्काल रोक्न निर्देशन दिएको हो ।

काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवद्वारा प्रकाशित सूचनामा टिकटक, इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत बिनापरीक्षण औषधि सिफारिस गर्नु गैरजिम्मेवार र अवैज्ञानिक कार्य भएको उल्लेख गरिएको छ । यस्तो गतिविधिले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने काउन्सिलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित