काठमाडौँ, ४ बैशाख । काठमाडौँको वायु प्रदूषण फेरि ‘अस्वस्थकर’ तहमा पुगेको छ ।
आज बिहान ११ बजेको मापनमा काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७१ छ । जनस्वास्थ्यका निम्ति यो ‘अस्वस्थकर’ हो ।
आज काठमाडौँ विश्वकै वायु प्रदूषणको सूचीमा चौथो स्थानमा देखिएको छ । स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा यति बेला काठमाडौँभन्दा अगाडि इजिप्टको कायरो ४३५, भारतको दिल्ली ३५७, थाइल्यान्डको चियाङ माई २१८ (एक्यूआई) छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार यी सहरको वायु प्रदूषण ‘अति अस्वस्थकर’देखि ‘खतरनाक’को सूचीमा छ ।






