काठमाडौँ, ४ चैत । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ओजश्वी शेरचन बहुमतले विजयी भएकी छन् ।
शिक्षा समितिमा रास्वपाबाट शेरचन र नेकपा एमालेका तर्फबाट गुरु बरालले प्रतिस्पर्धामा थिए । बैठकमा शेरचन बहुमतले निर्वाचित भएकी हुन् ।
समितिमा मत गणना नगरी बहुमत र अल्पमतका आधारमा निर्वाचित घोषणा गरिएको थियो । समितिमा रास्वपाको एक्लै बहुमत छ । एमाले सांसद बराललाई नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका सांसदले समर्थन गरेका थिए । तर, बहुमत पुगेन ।





