गोसाइँकुण्ड मेला सुरू

काठमाडौँ, २६ जेठ । रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् ।

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले  मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
       
तीर्थालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न उनले आग्रह गरे । तीर्थालुलाई बासको कुनै समस्या नभएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए । गङ्गा दशहरा मेला १० दिनसम्म लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । वृद्धा महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ

काठमाडौँ, १६ बैशाख । खैरो हेरोइनसहित मोरङको विराटनगर महानगरपालिका–९ स्थित पतञ्जलि रोडबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण

काठमाडौँ, १६ बैशाख । सरकारले पुनः यातायात भाडा बढाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका तथा मालवाहक

काठमाडौँ, १६ बैशाख । हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी