वृद्धाका गरगहना लुट्ने थप २ जना पक्राउ

काठमाडौँ, १६ बैशाख । वृद्धा महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विजय तामाङ र सुमन तामाङ रहेका छन् । दुवै जनालाई काठमाडौँ उपत्यका अपराधन अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरी प्रहरी वृत्त थानकोटलाई बुझाएको हो । उनीहरू पक्राउ परेसँगै यो समूहका ६ सदस्य पक्राउ परेका छन् ।

यसअघि नुवाकोट ककनी गाउँपालिका–३ का २६ वर्षीय बिमल तामाङ, २१ वर्षीय सविन तामाङ, २१ वर्षीय सुजन तामाङ र नुवाकोटकै बिदुर नगरपालिका–१ का ४४ वर्षीय सतिश अमात्य पक्राउ परेका थिए ।

कोठा भाडामा खोज्ने निहुँमा गरगहना लगाएका वृद्धा महिलाको रेकी गर्ने र लुटेर हिँड्ने प्रवृत्ति गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको