चक्रपथ दोस्रो खण्ड विस्तारका लागि चीनसँग सम्झौता

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ ।

आज भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार, चक्रपथ विस्तारको दोस्रो चरणमा कलङ्कीदेखि बसुन्धारा सम्मको ८ दशमलव २ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ ।

यसअघि सन् २०१९ देखि सुरु गरिएको पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत

काठमाडौँ, १६ बैशाख । सरकारले पुनः यातायात भाडा बढाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका तथा मालवाहक

काठमाडौँ, १६ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार रुपैयाँले