नेप्से परिसूचक २५ अंकले घट्यो

काठमाडौँ, १६ बैशाख । आज सेयर बजार २५.८१ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७४४ अंकमा झरेको छ । अघिल्लो दिन नेप्से २६.१६ अंक घटेको थियो ।

अघिल्लो दिन ६ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९८ करोडको भयो । ३० कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ४ को स्थिर रह्यो । व्यापार १.०९ तथा विकास बैंक ०.१४ प्रतिशत बढे ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२४ प्रतिशत घट्यो । बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ तथा अन्य समूह ०.९२ प्रतिशत घटे ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशत बढ्यो । लक्ष्मी लघुवित्तको २.६६, धौलागिरि लघुवित्तको २.३३, भुजुङ हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य बढ्यो ।

शिखर पावरको मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशत घट्यो । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ७.७९, त्रिशुली जलविद्युतको ६.९८ तथा झापा इनर्जीको ५.८३ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको