हात्तीबाट मृत्यु भएका परिवालाई आर्थिक सहयोग

काठमाडौँ, २५ भदौ । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक हस्तान्तरण गरिएको छ ।

शुक्रबार राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको रु १० लाखको चेक मृतकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गरेका हुन् । 

गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले घरमै रहेका बेला मीनालाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘आवेदनदेखि निर्णय सम्म सबै अनलाइनबाटै’ काठमाडौँ, १६ असार । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण

काठमाडौँ, १६ असार । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका निम्ति व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश

भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकाका-८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन् ।  आज  काठमाडौँमा आयोजित