डिशहोम र तुषाल मल्टिभेन्युबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ, १६ असार । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारहरूलाई विशेष लाइफस्टाइल, फिटनेस तथा वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस साझेदारीलाई औपचारिक बनाउने क्रममा तुषाल मल्टिभेन्युका प्रविधि प्रमुख राजकुमार श्रेष्ठ र डिशहोमका लेखा अधिकृत देवराज श्रेष्ठ बीच समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको डिशहोमले जनाएको छ । यसको मुख्य उद्देश्य ग्राहक सहभागिता अझ सुदृढ बनाउनुका साथै विभिन्न आकर्षक अफर तथा वेलनेस सेवामार्फत थप मूल्य अभिवृद्धि गर्नु रहेको बताइएको छ । डिशहोम र तुषाल मल्टिभेन्युबीचको यो सहकार्य ग्राहक केन्द्रित सेवा, वेलनेस प्रवर्द्धन तथा दीर्घकालीन रणनीतिक साझेदारीप्रतिको साझा प्रतिबद्धताको महत्वपूर्ण उदाहरण बनेको डिशहोमले जनाएको छ ।

सम्झौताअनुसार डिशहोमसँग आबद्ध कर्मचारी, अधिकृत डिलर, सेवा साझेदार तथा ग्राहकहरूले तुषाल मल्टिभेन्युमा विशेष छुट तथा सुविधाहरू प्राप्त गर्नेछन् । उपलब्ध गराइने सुविधाहरूमा, Sauna, Steam तथा Jacuzzi सेवामा ५० प्रतिशत छुट, नयाँ जिम सदस्यतामा २० प्रतिशत छुट, चयनित वेलनेस तथा मनोरञ्जन सेवामा १५ प्रतिशत छुट तथाFood & Beverage सेवामा १० प्रतिशत छुट रहेका छन् । छुट सुविधा प्रयोग गर्नको लागि डिशहोमको प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी आवश्यक प्रकृया पुरा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ