खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ, १६ असार । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर–२ बाट लागु औषध खैरो हेरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका–५ खोजपुर घर भएका ६२ वर्षीय अमिन चौधरी छन् । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मधेस प्रदेश–०१–००५ प २८८३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलको टुलबक्समा लुकाएर ल्याएको अवस्थामा १०३ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो । चेकजाँच गर्दा उनको साथमा थप १ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन भेटिएको छ ।

आज इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर श्याममणि पोखरेलको कमाण्डमा खटिएको टोलीले आरोपीलाई विष्णपुर–बोदेबर्साइन सड्क खण्डबाट उनलाई पक्राउ गरेको हो । आरोपीमाथि इलाका प्रहरी कार्यालय कडरबोनाले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको

काठमाडौँ, २९ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २९ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Rate for August

तनहुँ, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताउनुभएको छ। आफ्नो निर्वाचन