राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : नेता सिटौला

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसकेको बताएका छन् । 

आज  काठमाडौँमा आयोजित ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश संरचना: समसामयिक संवाद’ कार्यक्रममा बोल्दै उनले अहिले राज्य सञ्चालन संविधान बमोजिम चल्न नसकेको टिप्पणी गरे। 

उनले देशको प्रशासन, न्यायालय, प्रहरी र अन्य संवैधानिक निकायहरूले आफ्नो स्वतन्त्रता गुमाइसकेको दाबी गर्दै अहिले देश वास्तवमा कसको नियन्त्रणमा छ भन्न समेत गाह्रो रहेको बताए । नेपालमा पछिल्लो समय प्रतिशोधको राजनीति धेरै नै विकसित भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थाले देश र समाज बन्न नसक्ने उल्लेख गरे।

विश्व राजनीतिको प्रभाव नेपालमा पनि परिरहेको र त्यसको नराम्रो प्रभाव ज्यादा देखिएको उनको धारणा छ । राजनीतिक दलभित्र र विभिन्न राजनीतिक दलहरूको बिचमा अविश्वास दिनप्रतिदिन अझै गहिरिँदै गएको चर्चा गर्दै सिटौलाले दलहरू एक ठाउँमा बसेर देशका बारेमा सोच्ने परिस्थिति नै नरहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।