कांग्रेस महामन्त्रीमा उमेदवारी दिने सुनील शर्माको घोषणा

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।

आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उमेदवारी घोषणा गरेका हुन् । उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उमेदवारी दिने निर्णय गरेको बताए । कांग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य मानिसका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको उनले उल्लेख गरे ।

लोकतन्त्र पुनर्स्थापनाका निम्ति विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लविङ’ गरेको स्मरण गर्दै उनले कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको बताए ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र