कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो

एजेन्सी, १७ असोज । लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

पछिल्ला केही सातायता विभिन्न स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको जनाइएको छ । यद्यपि, संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ ।

कंगोका स्वास्थ्यमन्त्री रोजर काम्बाले शुक्रबार राजधानी किन्शासामा आयोजित पत्रकार सम्मेलनमा इबोला संक्रमण अहिले प्रान्तभर फैलिएको अवस्थाबाट केही सीमित स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै गएको जानकारी दिए।

शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार सातवटा प्रान्तमा फैलिएको संक्रमणका क्रममा हालसम्म ८ हजार ३ सय संक्रमितको पुष्टि भएको छ भने ४ हजार १८ जनाले ज्यान गुमाएका छन्। यसअनुसार संक्रमितमध्ये मृत्यु हुनेको दर ४८ दशमलव ४ प्रतिशत रहेको छ। हालसम्म २ हजार १ सय ६२ जना बिरामी उपचारपछि स्वस्थ भएका छन्। प्रकोप सुरु भएयता सातवटा प्रान्तका ६३ स्वास्थ्य क्षेत्रमा संक्रमण देखिएको थियो। तीमध्ये १२ स्वास्थ्य क्षेत्रमा पछिल्ला ४२ दिनदेखि नयाँ संक्रमित फेला परेका छैनन् । स्वास्थ्यमन्त्री काम्बाका अनुसार संक्रमणको अवस्था विभिन्न क्षेत्रमा फरक भए पनि पछिल्लो समय संक्रमित फेला पर्ने स्वास्थ्य क्षेत्रको संख्या क्रमशः घटिरहेको छ।

यसैबीच, अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था सीमा विनाका चिकित्सकहरूले आधिकारिक तथ्यांकभन्दा वास्तविक संक्रमित तथा मृतकको संख्या अझ बढी हुन सक्ने जनाएको छ। रोगको निगरानी तथा संक्रमितको पहिचानमा देखिएका चुनौतीका कारण केही घटना आधिकारिक तथ्यांकमा समेटिन नसकेको हुन सक्ने संस्थाको भनाइ छ।

मे महिनामा घोषणा गरिएको यो संक्रमण लोकतान्त्रिक गणतन्त्र कंगोमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो र गम्भीर इबोला प्रकोप बनेको छ। विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, १७ असोज । लमजुङ बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ । डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १७ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा