स्टारडमभन्दा कथा बलियो हुन्छ : दयाहाङ राई

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् ।

चलचित्र ‘पेन्सन पट्टा’को निर्माण टिमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा दयाहाङले स्टारडमभन्दा सिनेममा कथा बलियो हुने बताएका हुन् । 

चलचित्र चलाउन कलाकारको स्टारडमभन्दा कथा बलियो हुनुपर्नेमा उनको धारणा छ । कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै भएको उनको तर्क छ । उनले भने, “कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले कथा नै बलियो हुन्छ । कथा बलियो भएपछि सिनेमा चल्छ,” “स्टारडमले चलचित्रलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो ।” 

कलाकारको लोकप्रियतासँगै चलचित्रको कथा र प्रस्तुतिले दर्शकलाई हलसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ले हालसम्म साढे आठ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।