अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा

काठमाडौँ, १७ असोज । लमजुङ बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।

डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार नासोंँ गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुंगामाटो हटाएपछि सडक सञ्चालनमा आएको हो । 

बाढीपहिरोका कारण बेसीसहर–चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडक भासिएको थियो । 

सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ

खुशराज लामा संसदीय व्यवस्थामा प्रधानमन्त्री सरकारको नेतृत्व गर्ने व्यक्ति मात्र होइनन्, संसद्प्रति पनि उत्तरदायी हुन्छन् । संसद् जनप्रतिनिधिहरूको सर्वोच्च राजनीतिक

प्लास्टिकको एउटा पातलो झोला हातमा लिएर हामी बजारबाट घर फर्कन्छौँ। केही मिनेटको प्रयोगपछि त्यो झोला हाम्रो हातबाट छुट्छ। तर त्यसको

काठमाडौँ, १६ असोज । सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  आज शीतल निवासमा उनीहरूबीच