एकसय १० किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौँ, १७ असोज । सिराहाको औरही गाउँपालिका-१ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकसय १० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा औरही गाउँपालिका-२ का ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका-५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन् ।

उनीहरूले टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा ६ बोरामा रहेको गाँजा बरामद गरिएको हो । उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाले जनाएको छ ।

यसअघि दुई दिनअघि पनि सशस्त्र प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलाको पुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको थियो। उक्त घटनामा ठुलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ

खुशराज लामा संसदीय व्यवस्थामा प्रधानमन्त्री सरकारको नेतृत्व गर्ने व्यक्ति मात्र होइनन्, संसद्प्रति पनि उत्तरदायी हुन्छन् । संसद् जनप्रतिनिधिहरूको सर्वोच्च राजनीतिक

प्लास्टिकको एउटा पातलो झोला हातमा लिएर हामी बजारबाट घर फर्कन्छौँ। केही मिनेटको प्रयोगपछि त्यो झोला हाम्रो हातबाट छुट्छ। तर त्यसको

काठमाडौँ, १६ असोज । सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  आज शीतल निवासमा उनीहरूबीच