स्रोत नखुलेको एक लाख बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि शुक्रबार साँझ करिब ७ः ४५ बजे संयुक्त चेकिङका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा भारतको शिवहरि जिल्ला रामपुर भटहा थाना बस्ने मोहन गिरीका २२ वर्षीय छोरा करण कुमार गिरी र सोही स्थानका रामेश्वर रायका ३५ वर्षीय छोरा लालबाबु राय रहेका छन् ।

भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख ८ हजार ५ सय तथा एउटा मोबाइल बरामद भएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ

खुशराज लामा संसदीय व्यवस्थामा प्रधानमन्त्री सरकारको नेतृत्व गर्ने व्यक्ति मात्र होइनन्, संसद्प्रति पनि उत्तरदायी हुन्छन् । संसद् जनप्रतिनिधिहरूको सर्वोच्च राजनीतिक

प्लास्टिकको एउटा पातलो झोला हातमा लिएर हामी बजारबाट घर फर्कन्छौँ। केही मिनेटको प्रयोगपछि त्यो झोला हाम्रो हातबाट छुट्छ। तर त्यसको

काठमाडौँ, १६ असोज । सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  आज शीतल निवासमा उनीहरूबीच