एक प्रहरी जवान मृत फेला

काठमाडौँ, १३ असोज । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा मृत फेला परेका हुन् ।

चितवन दरबन्दी भएका बोहरा डडेलधुरामा कार्यरत थिए । उनी अमरगढी नगरपालिका–५ को ऋषि खोला सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत भेटिएको डडेलधुरा प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार घटनाअघि उनले झुन्डिन लागेको तस्बिर समेत आफ्नी श्रीमतीलाई पठाएका थिए ।

श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो । खोजीका क्रममा उनी मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन् । प्रहरीका अनुसार मोरङको विराटनगर

काठमाडौँ, ८ कार्तिक । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ