पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका: राष्ट्रपति पौडेल

काठमाडौँ, १९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताएका छन् ।

राष्ट्रपति पौडेलले गौरा पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्‍याएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ भदौ । जुलाईमा अमेरिकी व्यापार घाटा सन् २०२५ मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको

एजेन्सी, १९ भदौ । नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाँका कारण बिहीबार बिहान करिब

एजेन्सी, १८ भदौ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित डाउनटाउन क्षेत्रमा बुधबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

एजेन्सी, १७ भदौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि