पर्यटक आगमन घट्यो

काठमाडौँ, २० भदौ । सन् २०२६ को अगस्टमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ ।

०२५ अगस्टको तुलनामा यो महिना पर्यटक आगमन ३.६५ प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ । ०२६ को अगस्टमा ८५ हजार चार सय ४४ विदेशी पर्यटक आएका छन् । अघिल्लो वर्षको अगस्टमा ८८ हजार ६ सय ८० पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार तीन सय ७३ जना पर्यटक आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । त्यसपछि चीनबाट १० हजार तीन सय चारजना पर्यटक नेपाल आएका छन् । त्यस्तै, श्रीलंकाबाट आठ हजार सात सय १० जना पर्यटक आएका छन् । त्यस्तै, अमेरिकाबाट ६ हजार दुई सय ९३, बंगलादेशबाट चार हजार चार सय ८७ र बेलायतबाट तीन हजार चार सय ७६ जना पर्यटक नेपाल आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग