अमेरिकामा सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु 

एजेन्सी, १८ भदौ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित डाउनटाउन क्षेत्रमा बुधबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

घटनामा तीन प्रहरी अधिकारीसहित कैयौँ व्यक्ति घाइते भएका छन् । गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

घटनापछि नजिकैको अस्पतालमा सात जना घाइतेलाई लगिएको थियो । तीमध्ये तीन जनाको गोली लागेका कारण शल्यक्रिया भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार स्थानीय समयअनुसार साँझ करिब ५ः४५ बजे घटनास्थललाई दर्जनौँ प्रहरी गाडी र अधिकारीहरूले घेरा हालेका थिए । साँझ ६ः३० बजेसम्म पनि प्रहरी, स्वाट टोलीका सवारीसाधन तथा आकस्मिक स्वास्थ्य सेवाका टोली घटनास्थलमा परिचालित थिए ।

घटनास्थल आसपास अपार्टमेन्ट भवन, मिनियापोलिस कन्भेन्सन सेन्टर, होटल तथा अस्पताल रहेका छन् । सावधानीस्वरूप नजिकैको युनिभर्सिटी अफ सेन्ट थोमसको मिनियापोलिस क्याम्पसले विद्यार्थी तथा कर्मचारीलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएको थियो ।

मिनेसोटाका गभर्नर टिम वाल्जले सार्वजनिक सुरक्षा टोली घटनाप्रति प्रतिक्रिया दिइरहेको र राज्यका अधिकारीहरू घटनास्थलमा परिचालित रहेको बताएका छन् । उनले घटनामा खटिएका सुरक्षाकर्मीको सुरक्षाका लागि प्रार्थना गर्न आग्रह गरेका छन् ।

मिनियापोलिसका मेयर ज्याकोब फ्रेले छिमेकी प्रहरी निकाय तथा मिनेसोटा स्टेट पेट्रोलले मिनियापोलिस प्रहरी विभागसँग समन्वय गरेर काम गरिरहेको बताएका छन् । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) तथा ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्स (एटीएफ) का अधिकारीहरू पनि घटनास्थलमा परिचालित भएका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

न्युयोर्क, १३ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच भेटवार्ता भएको छ । 

काठमाडौँ, १३ असोज । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को उपाध्यक्ष पदमा चयन भएको छ ।  कतारको राजधानी दोहामा जारी बैंकको

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौँमा पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।